काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ ।
नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको मंगलबार साँझ निधन भएको हो । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको बताइएको छ ।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए ।