निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


१९ असार २०८०, मंगलवार ०७:०२ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेटदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७.५० रुपैयाँ, डिजेलमा ६ रुपैयाँ र मट्टितेलमा ५ रुपैयाँ घटाइएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ असारमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा निगमले मूल्य घटएको हो ।

यस्तै साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here