टेलरिङ्गको आडमा लागुऔषध धन्दा


२२ असार २०७६, आईतवार २१:१५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुरमा अजिता गुरुङले सञ्चालन गरेको कपडा सिलाउने पसलमा छापा मार्दा ठूलो परिमाणमा लागुऔषधसहित गुरुङ र उनका श्रीमान् सुरेन नगरकोटीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले कपडा सिलाउने पसलमा लागुऔषध कारोवार गरिरहेको सूचनाका आधारमा छापा मार्दा पाँच हजार १०५ एम्पुल, डाइजेपाम एक हजार ७८३ एम्पुुल, नुर्फिन दुई हजार १२१ एम्पुल र फेनार्गन एक हजार २०१ एम्पुल फेला परेको बताए ।

प्रहरीले रु एक लाख ५० हजार, मोबाइल सेट ३६ थान, आइप्याड तीन थान र पावर बैँक एक थानसमेत बरामद गरेको छ । पक्राउ परेका नगरकोटी लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here