बाढीले काठमाडौंको विष्णुमति नदीमाथिको झोलुंगे पुल बगायो


२२ असार २०७६, आईतवार २१:१० मा प्रकाशित

काठमाडौं । काठमाडौंको कंकेश्वरी मन्दिर नजिक रहेको विष्णुमति नदी माथिको पुरानो झोलुङ्गे पुल नदीेले बगाएको छ ।

हिजो राति आएको मुसलधारे वर्षाका कारण नदीमा आएको बाढीले पुलको पश्चिमी भाग बगाएको हो । ४५ वर्ष अघि निर्मित सो पुलले नदीको पूर्व कंकेश्वर र पश्चिम चागल जोडेको थियो । नदीको किनारा विस्तार गर्ने क्रममा पुल पनि आधा भएको र मर्मत सम्भार राम्रो नभएको कारण पुलको पश्चिमतर्फको भाग बाढीले बगाएर लगेको स्थानीयले बताएका छन् ।

बाढीले पुल बगाएपछि पैदलयात्रीहरुलाई वारपार गर्न अप्ठेरो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here