गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान


१३ असार २०८०, बुधबार ०७:३९ मा प्रकाशित

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गर्नुभएको छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ हिजो चीनको सिचुवान प्रान्तको भ्रमणमा जानुभएको हो ।

हिजोदेखि ५ दिनसम्मको भ्रमणका लागि राति ११ः२० बजेको उडानमार्फत चीन जानुभएको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायतको सहभागिता रहेको छ ।

उहाँ आज बुधबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ भने दिउँसो छेन्दूको योजना प्रदर्शनी हल र अन्तर्राष्ट्रिय मित्र सहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नुहुनेछ । सोही दिन साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here