झापा । झापाको अर्जुनधारा–७ स्थित गडीमा सञ्चालित क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यू भएको छ ।
मंगलश्री क्रसरमा मिक्स गिटी लोड गर्ने क्रममा आज टिपर पल्टिदा ताप्लेजुङ घर भएका अर्जुन भट्टराईको घटनास्थलमै मृत्यू भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय अनारमनीले जनाएको छ ।






