झापाका स्थानीय तहद्वारा आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक, बजेटको आकार घट्यो


१० असार २०८०, आईतवार १८:३६ मा प्रकाशित

झापा । झापाका अधिकांश स्थानीय तहले आइतबार आर्थिक बर्ष २०८०/८१ का लागि बार्षिक बजेट कार्यक्रम सार्वजनिक गरेका छन् ।

झापाका बिर्तामोड, कनकाई, मेचीनगर, दमक, अर्जुनधारा तथा गौरादह नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका हुन् । शिवसताक्षी नगरपालिकाले भने बजेट सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ । भद्रपुर नगरपालिकामा भने मेयर र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गरिएको कारोबारमा २७ करोड रुपैयाँ बेरुजु देखिएपछि बहुमत सदस्यले नगरसभा बहिस्कार गरेका छन् ।

त्यस्तै झापाका बुद्धशान्ति, बाह्रदशी, हल्दीबारी, गौरीगञ्ज, कमल, झापा र कचनकवल गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । विगतका बर्षहरूमा बर्षेनी आय-व्यय विवरणको आर्थिक भार बढ्ने गरेकोमा यस पटक भने स्थानीय स्रोतमा आउने ह्रास र संघीय सरकारले छुट्याएको बजेट विगतमा भन्दा कम भएकाले स्थानीय तहका बजेटको रकमसमेत घटेको पाइएको छ ।

सबभन्दा पहिला संघीय सरकारले त्यसपछि प्रदेश सरकारले र अन्तिममा स्थानीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार आइतबार स्थानीय तहले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका हुन् ।   

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here