आगामी आर्थिक बर्षका लागि काठमाडौं महानगरको बजेेट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ


१० असार २०८०, आईतवार १५:१४ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।

आइतबार महानगरको नगरसभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।

महानगरको बजेटमा चालूतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रहेको छ । आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिताकता दिइएको डङ्गोलले जानकारी दिनुभयो ।

उहाँले पूर्वाधार क्षेत्रमा रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधि उपलव्ध गराउन योजना तर्जुमा गरिएको बताउनुभयो ।

उहाँले वडा समितिको काम कतव्र्य र अधिकारलाई अझ प्रभावकारी बनाउन केहि कार्यक्रम वडाबाटै सञ्चालन गर्न दुई अर्व भन्दा बढी बिनियोजन गरिएको जानकारी दिनुभयो ।

विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोड भन्दा बढी बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै महानगरकी उपप्रमुख डङ्गोलले वातावरणमैत्री, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनलाई आगामी बर्षको बजेटमा प्राथमिकताका राख अघि बढाइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here