झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिटरव्याजीको आरोप लगाउँदै झापा बिर्तामोडका नवराज विमलीको घर कब्जामा लिएको दावी गरेको छ।
पार्टीका नेता तथा कार्यकर्ताले बिर्तामोडमा प्रदर्शन गर्दै बिमलीको घर कब्जा गरेका हुन् ।
नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका हुन् ।
विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरुलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ ।
उनले ‘लुटेका’ सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।






