चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिन्छः गगन थापा


९ असार २०८०, शनिबार १५:४० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताउनुभएको छ । 

शनिवार आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले गठबन्धन फेर्नु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएकाे बताउनु भएकाे हाे । 

उहाँले गठबन्धन ठिक ढङ्गले चलने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताउनु भयो ।

सरकार छोड्न परे पनि नडराइकन कांग्रेसले  एक्लाएक्लै चुनाव लड्न सक्नुपर्ने थापाकाे भनाइ छ । 

 उहाँले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताउनु भयो ।

उहाँले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गर्नुभयो । महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here