आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको छः रवि लामिछाने


९ असार २०८०, शनिबार १५:३३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले आफू र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक/एक हिसाव लिएर जनतामाझ जाने जिकिर गर्नुभयो । नागरिकका मुद्धाहरुमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच बर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उहाँको भनाइ छ ।

उहाँले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो । नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफूहरुको कुनै लडाई नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here