काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको हो ।
नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने दाउमा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाल साविक उपविजेता हो भने भारत विजेता । पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो ।
भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।






