‘हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रबृत्तिका कारण नेपाल पछाडि पर्दै गयो’


८ असार २०८०, शुक्रबार २०:१९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रबृत्तिका कारण नेपाल पछाडि पर्दै गएको बताउनु भएको छ ।

काठमाडौंंमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गाली गलौज गर्ने प्रबृत्तिका कारण सरकारले गरेका राम्रा कामहरु पनि ओझेलमा पर्दै गएको गुनासो गर्नुभयो ।

निजी क्षेत्रसग मैत्री पूर्ण सहकार्य नगरि मुलुकको समृद्धि नहुने भन्दै उहाँले समस्याका रुपमा रहेका ऐन कानुनको सुधार गर्न आफुलागि परेको उल्लेख गर्नु भयो । यसका लागि अहिले भएका ऐन कानुनको र्याडिकल सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

आफ्नो भारत भ्रमणका क्रमममा भएको विद्युत व्यापारको सम्झौताले आगामी १० वर्ष भित्रमा नेपालले फड्को मार्ने दाबी गर्नु भयो । १० वर्षमा १० हजार मेगावाट विजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वभाविकरुपमा सुध्रिने दाहालको भनाइ छ । उहाँले नेपाल भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाइमा पुर्याएको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रुपमा बुझ्न आग्रह गर्नु भयो । अर्थतन्त्र सुधारका लागि सिएनआईले यसअघिको जस्तै भूमिका खेल्ने प्रधानमन्त्री दाहालको अपेक्षा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here