संसद बैठकमा प्रधानमन्त्री : देश विकासका लागि बजेट बिनियोजन भएको भनाइ


८ असार २०८०, शुक्रबार १३:४२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले देशको समग्र विकासका निम्ति सरकारले लिएका नीतिगत प्राथमिकता र विभिन्न विषयगत क्षेत्रका विकासका लागि गर्नुपर्ने लगानी, आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताउनुभएको हो ।

उहाले मानव विकासमा पछि परेको कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्रोतसाधनको न्यायपूर्ण विनियोजन गरिएको दावी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको वर्तमान संरचनालाई समावेशी बनाउदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिवद्धत रहेको धारणा राख्नुभयो ।

उहाले रासायनिक मलको आपूर्तिलाई प्रभावकारी बनाइएको भन्दै यस बर्ष ३ लाख ५१ हजार मेट्रिक टन आयात गरिएकाले मलको अभाव नहुने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले बाढिपहिरोका कारण निकै धनजनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत उद्दार र पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाइएको बताउनुभयो ।

उहाले भौगोलिक अवस्थाका बारेमा अध्ययन गरेर बिकासको मोडललाई परिवर्तन नगर्ने हो भने यस्ता घटनाहरु भइरहने भएकाले सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनगर गरि राष्ट्रिय दुग्ध विकास बोड खारेज गरिएको उहाले बताउनुभयो । उहाले भारत भ्रमणका क्रममा दिर्घकालिन प्रारम्भीक ऊर्जा सम्झौता भएको र यो देशको हितका लागि हुने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here