प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीसंग सांसदहरूको सवाल-जवाफ हुने


८ असार २०८०, शुक्रबार ०९:१७ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरुको सवाल-जवाफ हुने भएको छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ ।

प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसै गरी बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।

त्यसै गरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here