झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुला पक्राउ


८ असार २०८०, शुक्रबार ०८:१५ मा प्रकाशित

झापा । प्रहरीले झापाको गौरादहमा विवाह मण्डपबाटै बेहुलालाई नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१ निवासी साजनकुमार चौधरीलाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरिएको छ ।

जेठी श्रीमतीले आफ्नो श्रीमानले झापामा दोस्रो विवाह गर्न खोजेको भन्दै आजै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका जन्तीसहित आएका चौधरी गौरादह–२ की युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीमाथि इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान थालेको छ ।

विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि बेहुली पक्ष र जन्तीको बिचल्ली भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here