ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु


८ असार २०८०, शुक्रबार ०८:०९ मा प्रकाशित

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

बिहीबार राति पहिरो जाँदा ३ घर बगाएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको बताइएको छ ।

अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको प्रहरीको भनाइ छ । राति नै स्थानीयबासीले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।

उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here