उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश


७ असार २०८०, बिहीबार १६:२४ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेताहरूविरुद्ध जिल्ला अदालतमा विचाराधीन ‘ज्यानमार्ने उद्योग’को मुद्दा सरकारले फिर्ता लिएपछि चलाउने सर्वोच्च जानुभएको थियो ।

उहाँको रिटमा न्यायाधिश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

आदेशसँगै सरकारले फिर्ता लिएको नजेविसंघका नेताविरुद्धको मुद्दाबाट अभियुक्तहरूले उन्मुक्ति पाउने प्रक्रिया रोकिएको छ ।

अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तिम फैसला आएमा भने अभियुक्तहरूविरुद्धको मुद्दा जारी रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here