यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने एकीकृत समाजवादीको निणर्य


७ असार २०८०, बिहीबार १८:१४ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निणर्य गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निणर्य गरेको दलका उपनेता राजेन्द्रप्रसाद पाण्डले बताउनुभयो ।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सवैसंग छलफल गर्ने निणर्य गरेको उहाँले बताउनुभयो ।

उहाँले असन्तुलित बिषयलाइ सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राख्नुभयो । बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाउनु भएकाले आफूहरु संशोधन हुनेमा सकारात्मक रहेको उहाँको भनाइ छ ।

उहाँले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि सामान रुपमा बितरण हुनुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सवै सदस्यहरुले कडा रुपमा धारणा राखेको पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here