काठमाडौं । स्वदेशी गोलभेडाले बजारमा उचित भाउ नपाएको भन्दै किसानहरुले ठूलो मात्रामा गोलभेडा फ्याकेर विरोध जनाएका छन् ।
भारतबाट ल्याएको गोलभेडा महङ्गोमा बिक्रिबितरण हुँदा स्वदेशी उत्पादनले भने उचित भाउ नपाएको भन्दै किसानहरुले आइतबार कालिमाटीमा गोलभेडा फ्याकेर विरोध जनाएका हुन् । किसानले भारतीय गोलभेडाको भाउ ४० देखि ५० रुपैया प्रतिकिलो हुँदा स्वदेशी गोलभेडा ५ रुपैयामा पनि बिक्रि हुन नसकेको गुनासो गरेका छन् ।
सहकारीबाट महङ्गो व्याजमा पैसा लिएर किसानी गरेपनि उत्पादनले उचित बजार भाउ पाउन नसक्दा मर्कामा परेको धादिङका किसान कृष्ण बहादुर चेपाङले गुसानो गर्नुभयो ।
उहाले वास्तविक किसानहरुलाई दिने भनेको अनुदान पनि पाउन नसकेको बताउनुभयो । कालिमाटी बजारमा ठूलो मात्रामा गोलभेडा फ्याकिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले स्काभेटर लगाएर पन्छाएको थियो ।