आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा जाने वामदेव गौतमको भनाइ


३ असार २०८०, आईतवार १७:२३ मा प्रकाशित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले चाहेको जस्तो व्यवस्थापन भए टिमसहित एमालेमा जाने बताउनुभएको छ ।

आइतबार एमाले पार्टी कार्यालयमा एमालेका अध्यक्ष केपी ओलीसंग भेटवार्ता गर्दै गौतमले एकता राष्ट्रिय अभियानलाई एमालेसंग एकीकृत गराइदिन आफू तयार रहेको भन्दै यसका लागि एमालेले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने बताउनुभएको हो । भेटमा आवश्यक व्यवस्थापनका लागि अघि बढ्न एमाले अध्यक्ष ओलीलाई भनेको गौतमले जानकारी दिनुभयो ।

गौतमले पार्टीमा सवैभन्दा बढी जिम्मेवार प्राप्त नेता भन्दा कम जिम्मेवारी नदिन समेत आग्रह गरेको धारणा राख्नुभयो । उहाँले आफू बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सवै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पार्नुभयो ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर आवश्यक निष्कर्षमा पुगिने बताउनुभएको थियो । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here