सरकारी सवारी चालक एसोशिएसन नेपालले गर्यो दमक नगरपालिकाका सवारी चालक स्व. भण्डारीको परिवारलाइ आर्थिक सहयोग


२ असार २०८०, शनिबार २१:५२ मा प्रकाशित

निराजन निरौला, बिर्तामोड । झापाको दमक नगरपालिकाका सवारी चालक प्रकाश भण्डारीको बिराटनगरमा मृत्यु भएपछि सरकारी सवारी चालक एसोशिएसन नेपालले मृतकको परिवारलाई समवेदनापत्रसहित आर्थिक सहयोग गरेको छ ।

झापाका ९ वटा स्थानिय तहहरु र जिल्ला समन्वय समिति झापामा कार्यरत सवारी चालकहरुबाट प्राप्त भएको रकमलाई संकलन गरेर उक्त संस्थाका महासचिव खेमराज नेपालसहितको टोलीले हस्तान्तरण गरेको हो ।

जसमा भद्रपुर नगरपालिकाले २० हजार सहयोग गरेको थियो भने कन्काइ नगरपालिकाले १७ हजार, मेचिनगर नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, शीवसताक्षी नगरपालिका र गौरादह नगरपालिकाले १५/१५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

त्यस्तै बाह्रदशी गाउँपालिकाले ६ हजार, झापा गाउँपालिकाले ५ हजार र जिल्ला समन्वय समिति झापामा कार्यरत सवारीचालकहरुबाट ३ हजार गरी १ लाख २६ हजार जम्मा भएको थियो ।

उक्त रकमबाट ६ हजारको बिभिन्न खौद्यान्नका सामानहरु खरिद गरिएको र बाँकी १ लाख २१ हजार मृतकका परिवारलाइ हस्तान्तरण गरिएको संस्थाका महासचिव खेमराज नेपालले बताउनु भयो ।

कार्यलयको कामका शिलशिलामा मेयर रामकुमार थापालाइ बिराटनगर पुर्याएपछि भण्डारी अचानक बिरामी पर्नु भएको थियो ।

तत्काल हस्पिटल पुर्याएर चेक गराउँदा नोबेल मेडिकल कलेजले मृत घोषणा गरेको संस्थाका महासचिव नेपालले बताउनु भयो ।

यसरी शोकमा परेको परिवारलाइ स्थापनाकालमा रहेको संस्थाले स्थानीय तह र बिभिन्न सहयोगदाताहरुसँग समन्वय गरेर आर्थिक सहयोग गर्ने जमर्को गरेको उहाँको भनाइ छ ।

झापाका सवारी चालकहरु पनि सामाजिक काम गर्नमा सक्षम र अब्बल छन् भन्ने पुष्टी गराउन संस्थाको माध्यमबाट निरन्तर यस्ता काममा अग्रसर रहने समेत उहाँले प्रतिबद्धता जनाउनु भयो ।

मृतकका दुइ छोरा र एक श्रीमति सहित बुबा आमाको परिवार छ । ती दुइ जना छोराहरुको उज्ज्वल भविष्यका लागि र परिवारलाइ आर्थिक व्यवस्थापनमा सहजता मिलोस भनेर संस्थाको पहलमा यत्तिको रकम संकलन भएको संयोजक रोहित कोइरालाले बताउनु भयो ।

सरकारी सवारीचालक एशोसिएसनको पहिलो प्राथमिकता भनेकै दुर्घटना हुन नदिन पहलकदमी गर्ने र भइहालेमा बिभिन्न तवरबाट सहयोग गर्ने उहाँले बताउनु भयो ।

झापाका सबै स्थानीय तहहरुमा कार्यरत सवारी चालकहरुको साझा संस्थाको रुपमा स्थापित हुदै गरेको सरकारी सावरीचालक एसोशिएसनले समाजमा परोपकारी कामहरु गर्ने मुख्य उद्येश्य रहेको संस्थाका अध्यक्ष झट्टबहादुर खड्काले बताउनु भयो । त्यसैअनुरुप दमक नगरपालिकाका सवारी चालकको मृत्युमा केही मलमपट्टी मिल्छ की भन्ने उद्येश्यले यहाँ उपस्थित भएको उहाँको भनाइ छ ।

स्थापनाकालबाटै प्रभावकारी कदम चालेको यो संस्थाले भोलिका दिनमा दु:ख, पीडा र अन्यायमा परेका अनेकौलाइ सरसहयोग गर्ने लक्ष लिएको छ ।

उक्त लक्ष प्राप्तिका लागी संस्थाका पदाधिकारीको तदारुकताका साथै आम नागरिकको पहलकदमी र मार्गनिर्देशनको आवश्यकता रहेको संस्थाका महासचिव खेमराज नेपालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here