जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु हुन्छः स्वास्थ्यमन्त्री बस्नेत


२ असार २०८०, शनिबार १७:४२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताउनुभएको छ ।

शनिबार सिन्धुपाल्चोककमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताउनुभयो ।

उहाँले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सवै जिल्ला अस्पताललाई सुविधासम्पन्न गराइने जानकारी दिनुभयो । चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

मन्त्री वस्नेतललाई स्थानीय प्रतिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here