काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो । उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’
माओवादी कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको गुनासो गर्नुभयो । संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको ओलीले बताउनुभयो ।
उहाँले यो कुनै राजनीति नभइ जनता भड्काउने काम भएको टिप्पणी गर्नुभयो ।






