मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना


२ असार २०८०, शनिबार ०७:३६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएको बताइएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकाे थियाे ।

उहाँलाई टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएकाे छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here