नेपालमा पनि भेटियो मंकीपक्स


२ असार २०८०, शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं । नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो।

मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन्।

विज्ञप्ति अनुसार एक जना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो।

‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो। ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

मंकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here