न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीकाे प्रतिबद्धता


२ असार २०८०, शनिबार १३:४५ मा प्रकाशित

काठमाडौ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताउनुभएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसंग सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश कार्कीले पञ्चबर्षिय रणनीतिक योजना र बार्षिक कार्ययोजनालाई कार्यान्वयमा लैजादै न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताउनुभएको हो ।

उहाले आफ्नो कार्यकाल छाटो हुनु र नहुनुले कुनै असर नपर्ने भन्दै आफु पछि पनि सुधारका योजनालाई कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाले आफु कामु हुदा पनि न्याय निरुपणदेखि प्रशासनको चूस्तताका लागि कार्ययोजना बनाएर कार्यान्वयनमा लगिएको धारणा राख्नुभयो ।

कार्कीलाइ शुक्रबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।

कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै हुनुहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here