कैलालीका ४५ वटा वडा कार्यालयमा विप्लव नेकपाको तालाबन्दी


२२ असार २०७६, आईतवार १४:०५ मा प्रकाशित

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीको लम्कीचुहा र घोडाघोडी नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुलाई कार्यालयभित्रै थुनेर तालबन्दी गरेका छन् ।

शनिबार राती कैलालीका गाउँ, नगर र उप–महानगरपालिका गरी ४५ वडा कार्यालयमा तालाबन्दी गरेको विप्लव नेतृत्वको नेकपाले धनगढी उप–महानगरपालिका, गोदाबरी नगरपालिका, गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिका लगायत वडा कार्यालयहरुमा तालाबन्दी गरेको हो ।

सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गरेको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here