सडकमा उत्रिएका विद्यार्थीको नाराः ‘जनतालाई विष खुवाउन पाइँदैन’


२२ असार २०७६, आईतवार १४:१० मा प्रकाशित

काठमाडौं । भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाउँदै नेवि संघका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेको छ ।

विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइ जनताको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा भारतको दवाब भन्दै निर्णय फिर्ता गरिएकोमा विरोधमा उत्रिनु परेको नेवि संघका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

विद्यार्थीहरुले तरकारी र कालो ब्यानर बोकेर प्रदर्शनी मार्ग हुँदै पुतली सडकमा पुगेर कोणसभा गरी सरकारी निर्णयको विरोध गरेको विद्यार्थी नेता सुशील भट्टले बताए

प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘जनतालाई विष खुवाउन पाइँदैन’, ‘विषादीयुक्त फलफुल र तरकारीमा कडाइ गर’ लगायतका नारा लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here