भारतको चार दिने भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


२० जेष्ठ २०८०, शनिबार १८:५३ मा प्रकाशित

काठमाडौँ । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किनु भएको छ ।

यसअघि नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभएको थियो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो ।

भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको भ्रमण पनि गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here