मोरङको एक विद्यालयका लेखापालद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर


२० जेष्ठ २०८०, शनिबार ११:१२ मा प्रकाशित

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक विद्यालयका लेखापाल आगोले जलिरहेको अवस्थामा भेटिएका छन्।

सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शनिबार बिहान शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

सोही विद्यालयको लेखापाल रहेका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार मनिलको शरीरका अधिकांश भाग आगोले जलेको छ। गम्भीर अवस्थाका मनिललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएकोमा त्यहाँ उपचार संभव नभएपछि कीर्तिपुर रेफर गरिएको बताइएको छ ।

घटनाको करण पत्ता लगाउन अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here