पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निणर्यको भारी बोक्न सक्दैनौंः गगन थापा


१९ जेष्ठ २०८०, शुक्रबार १६:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि नेतृत्वले गरेको गलत निणर्यको भारी बोक्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै थापाले पार्टीको आधारभूत मान्यतासंग बाझिने गरि पार्टी सभापतिले एकलौटी रुपमा निणर्य गर्दै आएको भन्दै अव एकलौटी निणर्यलाई नमान्ने बताउनुभएको हो ।

उहाँले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको बिषय, प्रदेश सरकारको बिषय, सांसद बिकास कोष लगाएतका गम्भीर निणर्यहरु सभापतिले एक्ले गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गर्नुभयो । महामन्त्री थापाले पार्टी नेतृत्वले एकपछि अर्को गलत निणर्य गर्दै गए भारीले पार्टीलाई कहिल्यै उठ्न नसकने गरि थिच्ने धारणा राख्नुभयो ।

उहाँले अव पार्टीलाई बदल्न कांग्रेसका सवै नेता कार्यकर्ताले आफूलाई बदल्न सक्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको सदस्यता वितरणको प्रक्रिया नै गलत भएकाले गुटउपगुट हावी भएको भन्दै सदस्यता वितरण प्रणालीलाई नै बदल्नुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले गुटलाई जोगाउन खोज्दा पार्टी नै कमजोर हुने अवस्था रहेकाले यसलाई भत्काउने कामको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here