नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता


८ जेष्ठ २०८०, सोमबार ०६:४३ मा प्रकाशित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

सभामुख देवराज घिमिरिेले प्रतिनिधिसभामा २० वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ ।

नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रमुख विपक्षी नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here