काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्नमध्येका शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँ हज कमिटीका अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बिशेषगरी धन्दामा संलग्नहरुलाई रकम ओसारपसारमा उनको गाडी प्रयोग भएको थियो ।
उनकै गाडी प्रयोग गरी पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिले रकम ओसारपसार गरेका थिए । उनको गाडीलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । गाडीलाई अहिले जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले मियाँ पक्राउ परेको बताए ।






