बालकृष्ण खाँणमाथि कारबाहीको विषयमा नेपाली कांग्रेस मौन


२९ बैशाख २०८०, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले तत्काल पूर्वमन्त्री एवं केन्द्रिय सदस्य बालकृष्ण खाँणबारे कुनै निर्णय नगर्ने बताएको छ । बिहीबार सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले तत्काल पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि मुद्दामा कुनैपनि अनुसन्धानका क्रममा पक्राउ पर्ने बित्तिकै दोषी हो भन्न मिल्दैन, कुनैपनि व्यक्ति अभियुक्त हुन्छ, अदालतबाट निर्णय आइसकेपछि दोषी ठहरिन्छ, हाम्रो पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च भएको छ, यसमास रकारले निष्पक्ष छानबिन गर्नुपर्छ, दोषी छोड्नु हुँदैन, निर्दोष पर्नु हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here