पाँचथरको फाल्गुनन्द १ मा आगलागी हुँदा एक युवकको मृत्यु


२८ बैशाख २०८०, बिहीबार २०:४१ मा प्रकाशित

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ मा आगलागी हुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका-१ लाक्सेबुङका ३२ वर्षीय मनकुमार नेम्वाङ रहेका छन् ।

आज बिहिबार नेम्बाङको घरमा आगलागी हुँदा जलेर उनको मृत्यु भएको हो । बिहीबार दिउँसो जंगलमा लागेको आगोको झिल्को सल्किएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ । नेम्वाङ शारिरिक अपाङगा थिए । उनको हातखुट्टा नचल्ने अवस्थामा भएकाले बसेकै ठाउँमा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको अन्य क्षतीको बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here