नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नुभएको हो । आफूमाथि हुने सबै छानविका लागि आफू तयार रहेको बताउनु भयो ।
उहाँले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गर्नुभयो । वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताउनु भयो ।






