एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने


२९ बैशाख २०८०, शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज शुक्रवार पनि बस्दैछ ।

बिहीवारदेखि जारी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझाव पेश गर्ने भएका छन् ।

प्राप्त सुझावका आधारमा पार्टी स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बसेर कार्ययोजनाको प्रस्तावलाई पारित गर्नेछ । बैठक शनिवारसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here