सबै मिलेर स्वास्थ्य क्षेत्रको सधार गर्नुपर्नेमा स्वास्थ्यमन्त्री बस्नेतको जोड


२६ बैशाख २०८०, मंगलवार १४:४८ मा प्रकाशित

काठमाडौ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सवै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा एकता व्यापार संघले आयोजना गरेको वृहत निशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नीजि र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाले अझै पनि जनसंख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरवन्दी निकै कम भएकाले जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउनुभयो ।

सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठूलो क्षति हुने भएकाले यस बिषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राख्नुभयो ।

त्यस्तै उहाले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजि क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here