चार पत्रकार पुरस्कृत


२५ बैशाख २०८०, सोमबार ११:१२ मा प्रकाशित

भरत प्रसाई । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो ।

यसरी पुरस्कार पाउनेहरूमा सुनसरी धरानका राजेशकुमार यादव राजेश विद्रोही, इलामका सटेन्द्रकुमार जवेगु र सोमनाथ अधिकारी, झापाकी अम्विका भण्डारी रहनु भएको छ ।

उहाँहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गर्नु भएको हो ।

पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले आमसञ्चार माध्यममा आउने समाचारमा एकरूपमता हुनुपर्ने पर्नेमा जोड दिनु भयो । एउटै घटनाका समाचार ३ वटा मिडियामा प्रकाशन हुदाँ समाचारमा एकरुपता नदेलिनु दुखको कुरा भएको उहाँले बताउनु भयो ।

उहाँले यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्ने जीकिर गर्नु भयो । सैले विचारमा आफ्नो मत जाहेर गरे पनि समाचारमा एकरूपता हुनुर्ने उहाँको भनाई छ ।

उहाँले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशासन र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराब कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध समेत गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यलाई अगाडि बढाउन तयार रहेको स्मरण गराउँदै त्यसको लागि आगामी आर्थिक वर्षभित्र आवश्यक कानून निर्माण गरी प्रदेशस्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here