पार्टीमा आए वैद्य र बाबुरामलाई उचित सम्मान दिने प्रचण्डको प्रस्ताव


२० असार २०७६, शुक्रबार १६:२० मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

शुक्रबार समाजवादी पार्टी, नेपाल छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्य एक भए पनि यसलाई भाँड्न केही मानिसहरु युरोपलगायतका संसारमा विभिन्न मुलुकमा घुमाउने काम भइरहेको दावी पनि गरे ।

अध्यक्ष दाहालले विप्लव, बाबुराम भट्टराई, मोहन बैद्य, चित्रबहादुर केसीलगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरे । मोहन विक्रम सिंह, मोहन बैद्यलगायतका पूराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिष्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दावी पनि गरे । बैद्यलगायतका पूराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने अध्यक्ष दाहालको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here