काठमाडौं । नेकपा एमालेले मुलुकको शान्ति सुरक्षा नाजुक अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको बिशेष समयमा बोल्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सत्तादलका कार्यकर्ताहरुले नै एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण गरेको र मुलुकको शान्ति सुरक्षा नाजुक अवस्थामा रहेको भन्दै यस बिषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने मााग गर्नुभएको हो ।
उहाँले गृहमन्त्रीले सदनमा जवाफ दिने तर आक्रमण नरोकिने क्रम रहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले गृहमन्त्रीको प्रवचन सुन्ने चाहना नभएको र जनतालाई शान्ति सुरक्षा चाहिएको जिकिर गर्नुभयो । उहाँले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरि कारवाही गर्न माग गर्नुभयो ।
उपाध्यक्ष पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो ।