कार्यवाहक राष्ट्रपति यादवद्वारा संसदको हिउँदै अधिवेशन अन्त्य


१५ बैशाख २०८०, शुक्रबार १९:१६ मा प्रकाशित

काठमाडौं । संसदको हिउँदै अधिवेशन अन्त्य भएको छ ।

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाउनुभएको थियो ।

उहाँले स‌ंविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा आज शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here