राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा पर्योः राजेन्द्र लिङ्देन


१५ बैशाख २०८०, शुक्रबार १५:२८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा राप्रपा बागमति प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण बिकास आयोजनाहरु सुस्त रहेको , ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताउनुभएको हो ।

अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेश जाने काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाइ रोक्न राप्रपा जस्तो दलहरु मजबुद हुनुपर्ने उहाँले बताउनुभयो ।

लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएपनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताउनुभयो ।

उहाँले यसअघि सरकारको नेतृत्व गरेकाले नै प्रतिवद्धता बिपरितको काम गरेकाले सरकार छाडेको स्पष्ट पार्दै सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीहरुले गरेको कामका कारण लजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here