अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने मन्त्रालयबाट हालसम्म कुनै निणर्य भएको छैनः अर्थमन्त्री महत


१५ बैशाख २०८०, शुक्रबार १५:१६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने मन्त्रालयबाट हालसम्म कुनै निणर्य नभएको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री महतले यस विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निणर्य नभएको बताउनुभएको हो ।

अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट रकम बिनियोजनका बिषयमा निणर्य नभएको जिकिर गर्नुभयो ।

बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनसक्ने भन्दै उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै निणर्यमा संलग्न नरहेको र जानकारी पनि बताउनुभयो ।

उहाँले सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here