उपनिर्वाचनः करिब ६० प्रतिशत मत खसेको आयोगद्वारा जानकारी


१० बैशाख २०८०, आईतवार १९:२८ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार भएको तीन क्षेत्रको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो । 

बारा २, चितवन २ र तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ  १ मा ५३ प्रतिशत मतदान भएको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ ।

यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here