प्रेस स्वतन्त्र छ, पुष्टी नभए पनि समाचार लेख्न पाउनुभएकै छः संचारमन्त्री


२० असार २०७६, शुक्रबार १३:४२ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको बताए ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने उनको भनाइ छ । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने उनको तर्क छ । अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा संचार जगतले सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए । ‘प्रेस चलेकै छन् एकदम राम्ररी, सबैले आफूलाई लागेको कुरा भए पनि नभएपनि पुष्टि भएपनि नभए पनि गजबले राख्न पाउनुभएको छ। एकदम स्वतन्त्र छ ।’

सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बास्कोटाले बताए । संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here