डा. योगी विकाशानन्द बिर्तामोड आउँदै


२४ चैत्र २०७९, शुक्रबार १६:२५ मा प्रकाशित

काठमाडौं । झापामा योग, ध्यान, साधना, हिप्नोसिस एवम् आध्यात्मिक ज्ञान प्रवचन सेमिनार हुने भएको छ ।

शुक्रबार आयोजक समितिले पत्रकार सम्मेलनमार्फत वैशाख २२ गते झापामा पहिलोपटक उक्त कार्यक्रम हुन लागेको जानकारी गराएको हो ।

कार्यक्रममा विश्वप्रसिद्ध योग, ध्यान तथा साधना प्रशिक्षक डा. योगी विकाशानन्दको प्रवचन हुनेछ ।

मनोक्रान्ति राष्ट्रिय अभियानका रुपमा विकाशानन्द फाउन्डेसन विश्व परिवारले झापामा पहिलो पटक कार्यक्रम आयोजना गर्न लाग्दैछ । पछिल्लो समय तिव्रगतिमा भएको समाज परिवर्तन र असन्तुलित जीवनशैलीका कारण मानिसमा डिप्रेसन, एन्जाइटी, डर, त्रास तथा लागुपदार्थ दुर्व्यसनमा फस्ने गरेका छन् ।

यस्तो विकराल परिस्थितिमा परेका मानिसलाई उन्मुक्ति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक रिना थापाले बताउनु भयो ।

कार्यक्रमलाई सहजै सफल बनाउने उद्देश्ले झापा अर्जुनधारा कसानबारीकि रिना थापा ( मेहर मगर ) को संयोजकत्ममा ११ सदस्यीय आयोजक समिति पनि गठन भइसकेको छ ।

जसको सचिवमा विजय बराल, कोषाध्यक्षमा ओमविक्रम नेम्बाङ, सहसचिवमा डिल्ली नेपाल, सहकोषाध्यक्षमा ऋषि धिताल लगायत अन्य सदस्यहरु रहेका छन् ।

डोमालाल रङ्गशाला विर्तामोडमा हुने कार्यक्रममा इच्छुक सबैले नि:शूल्क सहभागिता जनाउन सक्ने पनि आयोजक मूलसमारोह समितिले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here