मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धान तालिम समापन


२३ चैत्र २०७९, बिहीबार १८:०४ मा प्रकाशित

बिराटनगर । नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बिराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गते देखि संचालन भएको उक्त तालिममा अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, उच्च अदालतका पुर्व न्यायधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका प्रहरी नायव उपरीक्षक सुदिप प्रसाद पाठक लगायतका प्रशिक्षकका प्रशिक्षण दिनु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here