प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन


२३ चैत्र २०७९, बिहीबार १७:४४ मा प्रकाशित

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा घिमिरेले समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाउनुभएको थियो । समितिमा मनोनीत हुनुहुने सांसदहरूमा अजय कुमार चौरसिया, अनिता देवी, गङ्गाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ्ग, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेश कुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञान बहादुर शाही रहनुभएको छ ।

नयाँ नियमावली पारित भएसँगै प्रतिनिधिसभाको २१ सदस्यीय कार्य व्यवस्था परामर्श समितिले पूर्णता पाएको छ ।

बैठकमा प्रतिनिधिसभाका सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित गरेर सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८” र “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८”टेबुल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here